लोड हुँदैछ...

मेनु

विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेपछि जोडियो रिलायन्सको लाइन

विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेपछि जोडियो रिलायन्सको लाइन

विराटनगर। डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीको खनारमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकमको पहिलो किस्ता आज तिरेको छ।

किस्ता तिरेपछि नेपाल विद्युत प्राधिकरणले काटेको रिलायन्सको विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।

रिलायन्सको ७५ करोड ३७ लाख रुपियाँ बक्यौता रहेको छ।बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले दुई करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।