विराटनगर । मंगलबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार मंगलबार काठमाडौंको बजारमा सुन प्रतितोला २ लाख ३८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार स्थानीय बजारमा सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेको छ। सोमबार ३ हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस ३ हजार ९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।