विराटनगर । विराटनगरस्थित गौतम बुद्ध माध्यमिक विद्यालयले आयोजना गरेको ‘गौतम बुद्ध डान्सिङ आइडल २०८१’ को सेमिफाइनल चरण सम्पन्न भएको छ ।
सोमबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको विद्यालयकी भाइस प्रिन्सिपल निकिता ताम्राकारले जानकारी दिइन् । उनका अनुसार सेमिफाइनल राउन्डबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरु फाइनल चरणका लागि छनोट हुनेछन् ।
प्रतियोगिताका विजेताहरुलाई विद्यालयले पुरस्कारको व्यवस्था पनि गरेको छ । फाइनल चरणको मिति र थप विवरण भने आयोजकले पछि सार्वजनिक गर्ने जनाएको छ । यस कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो प्रतिभा देखाउने एउटा महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।
प्रतियोगितामा सेनियर र जुनियरका विद्यार्थीहरुको भाग लिएका छन् । प्रतियोगितामा १ सय २२ जना विद्यार्थीहरुले भाग लिएका छन् ।

