इलामका बाढीपीडितलाई जर्मन राजदूतमार्फत सहयोग

काठमाडौँ । जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६ हजार रुपैयाँ बराबरका सहायता सामग्री प्रदान गर्ने भएको छ ।

नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले एक करोड ६४ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको हो ।

कार्तिक १२, २०८२, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर