दक्षिण कोरियातर्फ लक्षित गरी उत्तरले छोड्यो मिसाइल

विराटनगर । उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । आज बिहान उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

दक्षिण कोरियामा हुन लागेको एशिया(प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनभन्दा एक साताअघि मिसाइल प्रक्षेपण भएको हो ।

उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरू दक्षिण कोरियाको ग्येङ्जु सहरमा भेला हुने भनिएको छ ।

दक्षिण कोरियाको सेनाका अनुसार केही छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको र जापान सागर (पूर्वी सागर) तर्फ प्रक्षेपण गरिएको पाइएको छ । यसबारे दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले पनि जानकारी दिएको छ ।

दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार थप प्रक्षेपणा हुनसक्ने भन्दै सेनाले निगरानी बढाएको छ । यसबारेमा जापान र अमेरिकालाई पनि जानकारी गराएर सतर्कता अपनाइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले यसअघि मे ८ र मे २२ मा छोटो दूरीका ब्यालिस्टिक र क्रूज मिसाइलहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरेको थियो ।

कार्तिक ५, २०८२, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर