टेक्नो स्पार्क गो २ नेपालमा सार्वजनिक, मूल्य रु ११,४९९

विराटनगर । चिनियाँ स्मार्टफोन निर्माता टेक्नोले आफ्नो नयाँ बजेट–मैत्री स्मार्टफोन, स्पार्क गो २, ‘सुपरस्टारको नयाँ अवतार’ ट्यागलाइनका साथ नेपाली बजारमा प्रवेश गरेको छ। आकर्षक डिजाइन र प्रभावशाली विशेषताहरू सहित, यो फोन विशेष गरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको हो जो कम मूल्यमा प्रिमियम अनुभव चाहन्छन्। कम्पनीले यसको मूल्य रु ११,४९९ तोकेको छ।
लन्चको अवसरमा टेक्नो मोबाइलका सीईओ, अरिजित तलापात्राले भने, ‘टेक्नोको मान्यता छ कि राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्छ। हामीले स्पार्क गो २ मार्फत उच्च स्तरका फोनहरूमा पाइने जस्ता सुविधाहरू—जस्तै AI, , १२० हर्जको अल्ट्रा –स्मुथ स्क्रिन, र नेटवर्क बिना पनि कल गर्न मिल्ने सुविधा—नेपालमा मात्र रु ११,४९९ को अद्भुत मूल्यमा ल्याएका छौँ।’
स्पार्क गो २ मा ६.६७ इन्चको ठूलो HD+ स्क्रिन रहेको छ, जसमा १२०HD रिफ्रेस रेट छ, जसले प्रयोगकर्तालाई सहज र सिनेमा हेरेको जस्तो अनुभव प्रदान गर्दछ। Unisoc T7250 प्रोसेसरद्वारा सञ्चालित यो फोनमा ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज उपलब्ध छ, र कम्पनीले ४ वर्षसम्म ल्याग –फ्री प्रदर्शनको ग्यारेन्टी दिएको छ। ५०००mAh क्षमताको शक्तिशाली ब्याट्रीले दिनभर नन –स्टप प्रदर्शन सुनिश्चित गर्दछ, जसले प्रयोगकर्तालाई बारम्बार चार्ज गर्ने झन्झटबाट मुक्त गराउँछ।

उच्च श्रेणीका फोनहरूबाट प्रेरित यसको डिजाइन Ink Black, Titanium Grey, Veil White, र Turquoise Green जस्ता आकर्षक रङहरूमा उपलब्ध छ। साथै, IP64 रेटिङले यसलाई धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ। फोटोग्राफीका लागि, यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ। यसमा नेटवर्क नभएको ठाउँमा ४०० मिटरसम्म कल गर्न मिल्ने सुविधा, Ella AI सहायक, DTS अडियो ट्युनिङसहितको स्टेरियो स्पिकर, साइडमा फिंगरप्रिन्ट स्क्यानर र टिभी/एसी नियन्त्रणका लागि IR ब्लास्टर जस्ता अतिरिक्त विशेषताहरू पनि समावेश छन्।

यो स्मार्टफोनले बजेट सेग्मेन्टमा बलियो प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसको डिजाइन, ठूलो डिस्प्ले, र लामो समयसम्म चल्ने ब्याट्रीले यसलाई दैनिक प्रयोगका लागि एक आकर्षक विकल्प बनाएको छ।

अशोज ३१, २०८२, दिउँसोको १२:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर