लोड हुँदैछ...

मेनु

केरा खेतीमा क्षति भएपछि किसानले मागे राहत

केरा खेतीमा क्षति भएपछि किसानले मागे राहत

इटहरी । गत शनिवार र आइतबार आएको अविरल वर्षाको कारण सुनसरीमा केरा खेती गरिरहेका किसानले ठुलो नोक्सानी ब्योहोर्नुपरेको छ ।

केरा खेतीका लागि उर्वर भूमि मानिएको कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी तथा डुबानले धेरै बढी क्षति पुर्‍याएको हो ।

जमिन भाडामा लिएर बैङ्कबाट ऋण काढेर गरिएको केरा खेती नष्ट भएपछि किसान चिन्तित बनेका छन् । सुनसरीमा व्यवसायी रूपमा केरा खेती गर्दै आएका किसान प्रत्येक वर्ष प्राकृतिक विपद्का बेलामा ठूलो क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ ।

यो वर्ष पनि शनिबार र आइतबार हावाहुण्डरीसगै आएको वर्षाले ठूलो नोक्सानी ब्योहोरेका किसानले क्षतिपूर्तिको माग गरेका छन् ।
जिल्लामा बाढीका कारण केरा खेतीसहित कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।