लोड हुँदैछ...

मेनु

टीकाको उत्तम साइत आज ११:५३ मा, कुन देशमा कति बेला साइत ?

टीकाको उत्तम साइत आज ११:५३ मा, कुन देशमा कति बेला साइत ?

विराटनगर । २०८२ सालको विजया दशमीको आज दशमी तिथी । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको बडा–दसैँ (विजया दशमी) को टीका ग्रहणका लागि विभिन्न देश अनुसारको शुभ साइत सार्वजनिक गरेको छ।

जसअनुसार टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटको समय उत्तम रहेको छ । त्यस दिन बिहान देवी विसर्जन गरी ११ बजेर ५३ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउनु उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ। टीका ग्रहण गर्दा पूर्वी मोहडा फर्किएर टीका लगाउने गरिन्छ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिएको छ ।

सदियौँदेखि नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाइँदै आइएको छ । उल्लासमय यस चाडमा विभिन्न पेसा र व्यवसायका क्रममा थाक–थलोभन्दा टाढा रहेका नेपालीहरू मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा नवदुर्गा भवानीको फरक ९ रूपहरूको विशेष पूजा, आराधना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।