काठमाडौं । काठमाडौं इटुम्बहालकी अढाई वर्षकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको छ। शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो । मंगलबार मध्यान्ह आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने छ।

पुरानो कुमारी तृष्णा शाक्यलाई सोही दिन बाजागाजासहित बिदाइ गरिने छ र यो परम्परागत विधि अनुसार गरिएको हो।

संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो । प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको संघले जनाएको छ । कुमारीलाई जीवित देवीको रुपमा पुज्ने प्रचलन छ ।