तेक्वान्दो संघ मोरङको अध्यक्षमा दिवस नेपाल

विराटनगर । नेपाल तेक्वान्दो संघ मोरङको अध्यक्षमा दिवस नेपाल पुनः निर्वाचित भएका छन् । 
विराटनगरको फ्युजन तेक्वान्दो एकेडेमीमा शनिबार भएको चौथो जिल्ला अधिवेशनबाट नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । नेपाल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षद्वय तीर्थराज पोखरेल र ईश्वर बाँस्कोटा तथा कोषाध्यक्षमा सिर्जना सत्याल चयन भए ।
त्यस्तै, सदस्यमा सेविका अधिकारी, विक्रम माझी, निरकुमार श्रेष्ठ, सुजन कार्की, सूर्यप्रसाद दंगाल, निर्मला श्रेष्ठ र हिमबहादुर कटुवाल सर्वसम्मत चयन भएका छन् । 
निर्वाचितपछि बोल्दै अध्यक्ष नेपालले भने, ‘सबै मोरङका डोजाङ, खेलाडीलगायत जसले मलाई विश्वास गरेर थप एक कार्यकालका लागि अध्यक्ष बनाउनु भयो । त्यसका लागि धन्यवाद दिन्छु । हिजो भएका कमिकमजोरीलाई सुधार्दै आगामी दिनमा अझ मोरङ तेक्वान्दो संघलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सबैसँग सल्लाहका साथ अघि बढ्ने छु । खेल र खेलाडीको विकासका लागि यो समिति दत्तचित्त भए लाग्ने विश्वास पनि यहाँहरूलाई दिलाउन चाहन्छु ।’

अशोज ४, २०८२, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर