विराटनगर । मोरङ जिल्ला कारागारको शौचालयमा एक महिला कैदीको शव फेला परेको छ ।

कारघारमा महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको जेलर गौरब ढुंगेलले बताए ।सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फोला परेकि हुन् ।

उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् ।

दुबै जना सन्ताको मृत्यु भएको थियो भने उनको उद्धार भएको थियो । उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको थियो । २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।