काठमाडौं । दशैँ आउन अब मात्र २६ दिन बाँकी छ। नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ। असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ।
सामान्यतया हिन्दुले सोह्रश्राद्धसँगै दशैँ सुरु भएको मान्दछन्। अबको १२ दिनमा सोह्रश्राद्ध सुरु हुन्छ। भदौ २३ गतेदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ। हिन्दु संस्कार अनुसार सुरुमा पितृको सम्झना गरिसकेपछि दशैँ सुरु हुन्छ। दशैंको टीका अगाडिको प्रमुख दिनका रुपममा मानिने फूलपाती असोज १३ गते रहेको छ।
अबको ३४ दिनमा महाअष्टमी छ। असोज १४ गते महाअष्टमी सकिने छ भने असोज १५ गते महानवमी छ। आजको ठिक ३६ दिनपछि विजया दशमीको टीका छ।
असोज १६ गते दशैँको टीका लगाएसँगै कतिपय ठाउँमा दशैँ सकिन्छ। कतिपय ठाउँमा भने जोगाग्रत पूर्णिमा अर्थात् असोज २० गतेसम्म नै दशैँ मान्ने चलन छ। सरकारी बिदा भने असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म गरेर ६ दिन रहेको छ।

