विराटनगर । नेकपा एमाले सुनसरीको अध्यक्षमा परशुराम यादव चयन भएका छन्।

आइतबार बसेको जिल्ला कमिटीको छैठौं बैठकले यादवलाई अध्यक्ष चयन गरेको हो। उनी यसअघि भने कार्यवाहक अध्यक्ष तोकिएका थिए ।

२०८१ जेठ २४ गते जिल्ला अध्यक्ष निलम खनालको निधन भएपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।

खनाल २०८१ जेठ ५ देखि ७ गतेसम्म भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।

यादव भने त्यतिबेला उपाध्यक्ष निर्वाचित भएका थिए।