उदयपुरमा गुडिरहेको टिपरमा एकाएक आगलागी

विराटनगर । उदयपुरको कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गुडिरहेको टिपरमा एकाएक आगलागी भएको छ । आगलागी हुँदा करिब १९ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरमा शनिबार राति ११ : ४५ बजे वायरिङ सर्ट भई अगाडिको क्याबिन भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । प्रहरी र दमकलको सहयोगमा राति १२ : ५० बजे आगो नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भदौ ८, २०८२, बिहानको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर