विवाटनगर । कोशी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षा महाशाखाले जनाएको छ
गएराति देखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पालगायत जिल्लाका केही ठाउँमा राति ठूलो पानी परेको हो ।
आज राति देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लगातार पानी परिरहेको र पानी पर्ने ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।