विराटनगर । नेपाली क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले आफ्नो परिवार राख्न घर बनाउन आफै सक्ने बताएका छन् । उनले जनता आवास कार्यक्रम अन्तरगत बनाइदिने भनिएको घर आफूले नलिने बताएका छन् ।
आफ्नो परिवार राख्न घर बनाउन आफै सक्ने भन्दै उनले जसका लागि आएको हो उसैलाई घर बनाइदिन समेत आग्रह गरेका छन् ।
विराटनगरका सञ्चारकर्मीसँग कुरा गर्दै ललितले घर जुन समुदायका लागि आवश्यक पर्ने हो त्यही समुदायलाई बनाइदिन समेत सरकारसँग आग्रह गरेका छन् ।
उनले आफू भन्दा विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत घर बनाउन सरकारले बजेट विनियोजन गरेको बताए ।
उनले सरकारले सहानुभूति गरेर केही दिन्छ भने लिन भने तयार रहेको बताएका छन् ।
क्रिकेटर राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधन पछि श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि जनता आवास कार्यक्रम अन्तरगत राजवंशीको घर बनाइदिने बताएका थिए ।

