विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमबहादुर बिकलाई आर्थिक सहयोग गरेका छन् । उनी निर्वाण मानसिक स्वास्थ्य केन्द्र एकान्तकुनामा उपचाररत रहेका छन् । स्वास्थ्य केन्द्रमै पुगेर प्रचण्डले उनलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

जनमुक्ति सेनामा समेत सक्रिय रहेका खुमबहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारीमा छन् ।