विराटनगर । विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले कार्यदल गठन गरेको छ । सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको हो ।
मंगलबार र बुधबार धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
उक्त कार्यदलमा अनन्त साँवा , प्रेम गीरी, इन्द्रमणी पराजुली खड्ग राई , इश्वरमणी राउत , सत्यनारायण चौधरी रहेका छन् । यसैगरी सृजना राई राजन ढकाल र सोम पोर्तेल रहेका छन् ।
सुझावका लागि भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखेर सुझाव निकालिने खतिवडाले जानकारी दिए ।

