विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवसको अवसरमा अर्जुन जम्नेली राईलाई ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

फोनिज केन्द्रीय उपाध्यक्ष रहेकाराईलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सोमबार ८ हजार रुपैयाँ नगद राशीसहित पुरस्कार हस्तान्तरण गरे ।फोनिजका लेखा समिति सदस्य एवम् पत्रकार प्रेम देवानको बुवाको स्मृतिमा कोष स्थापना गरिएको हो । स्थापना दिवसको अवसरमा फोनिज मोरङको वेभसाइटसमेत शुभारम्भ गरिएको छ ।

वेभसाइटसमेत शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले अबको समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रहेकाले समयसापेक्ष रुपमा हिँड्न नसक्नेहरू पछाडि पर्ने बताए । हिमालय दर्शन कलेजको सहयोगमा वेबसाइट निर्माण गरेर शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले हिमालय दर्शन कलेज सहकार्यका लागि सधै तयार रहेको बताए ।