विराटनगर । कोशी प्रदेशसभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बूले लिम्बू भाषामा सम्बोधन गरेकी छन् ।
आइतबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर उनले लिम्बू भाषामा सम्बोधन गरेकी हुन् । प्रदेशसभामा लिम्बू भाषामा सम्बोधन गर्ने क्रममा उनले भाषा आयोगको सिफारिस अनुसार ढिलै भएपनि लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागेकोमा सरकारलाई धन्यवाद दिइन् ।
बिहीबार लिम्बू र मैथली भाषालाई सरकारी कामकाजको भाषा व्यवस्थाका लागि प्रतिपक्षी दलले पेस गरेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सत्तापक्षले ह्वीप लगाएर अस्वीकृत गरेको थियो । प्रतिपक्षीको प्रस्ताव अस्वीकृत गरेको सरकारले आइतबार सोही बिधेयक प्रदेशसभामा पेश गरेका छ ।
कात्तिक २५ गते राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषाका रुपमा लिम्बू र मैथली भाषालाई प्रयोगमा ल्याउने सरकारको तयारी छ ।

