विराटनगर । हालै प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका दीपक पोखरेलसहित ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गरेका हुन् ।
गृहमन्त्रीस्तरको निर्णयअनुसार पोखरेलसहित ११ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको थियो ।ृयसैगरी, गृहसचिवस्तरको सोही दिनको निर्णयअनुसार ११ जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) र १३ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा पदोन्नति गरिएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुने अन्यमा तुलबहादुर कार्की, राकेश सिंह, राजिबबहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।
त्यसैगरी, प्रहरी उपरीक्षक (एसपी) हरूमा अनिल कुमार खड्का, महेश थापा, दीपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेलको पदोन्नति भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

