विराटनगर । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हो ।
बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
यो वर्ष १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए ।

