लोड हुँदैछ...

मेनु

पियुमा रिक्त सबै संकायमा डीन नियुक्त

पियुमा रिक्त सबै संकायमा डीन नियुक्त

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त रहेको तीन वटै संकायमा डीन नियुक्त गरेको छ । नव नियुक्त डीनाहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।

कला, शिक्षा, कानुन संकायको डीनमा जनसंख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमलप्रसाद दुलाल नियुक्त भएका छन् । त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको डीनमा प्रा.डा. पवनकुमार झा र ईञ्जिनियरिङ संकायको डीनमा प्रा.डा. भोलानाथ शर्मा घिमिरे नियुक्त भए । झा पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक हुन् । घिमिरे त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पुल्चोक ईञ्जिरिङ क्याम्पसमा कार्यरत प्राध्यापक हुन् ।

पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले नवनियुक्त डीनहरुको कार्यकाल सफलताको कामना गर्दै कार्यकाल अवधिमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

पदभार ग्रहण समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, चिकित्सा विज्ञान संकायका डीन डा. शैलेशमणि पोखरेल, कला, शिक्षा, कानुन संकायका डीन रामप्रसाद ढकाल, प्राध्यापक संघका सभापति यज्ञप्रसाद जम्मरकट्टेल, ईञ्जिनियर संकायका सह–डीन ई.हेमन्तकुमार गोइत, कर्मचारी संघका सभापति रुपेश बस्नेतलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।