विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा नुहाउन गएका एक जना बेपत्ता भएका छन् ।
भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका तर दीपेश बेपत्ता भएका उनले बताए ।
बेपत्ता दीपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।

