मधेस प्रदेशका पूर्वप्रमुख झा बलात्कार आरोपमा पक्राउ

विराटनगर । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । २०८१ चैत २५ मा उनिविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।

२३ वर्षीया युवतीले उनिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।

यसअघि अहिराजले नै पीडित युवती विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए ।

साउन ४, २०८२, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर