लोड हुँदैछ...

मेनु

इलाममा दाजुभाइमाथि छुरा प्रहार, दाजुको मृत्यु

इलाममा दाजुभाइमाथि छुरा प्रहार, दाजुको मृत्यु

विराटनगर । इलामको सूर्योदय नगरपालिका–१ भालुखोकमा गएराति एक युवकको हत्या भएको छ। छुरा प्रहारबाट २२ वर्षीय निरोज चापागाईंको हत्या गरीएको हो ।

निरोजको ससुराली घर नजिकै भालुखोकका ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

घटनामा निरोजका भाइ प्रकाश पनि घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका प्रकासको झापाको विर्तासिटी अस्पताल झापामा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। शेर्पा सूर्योदय वडा नम्बर १ का वासिन्दा हुन् भने मृतक निरोज चापागाईं वडा नम्बर २ का हुन्। फरक वडाका भए पनि उनीहरूबीच पहिलेदेखि नै चिनजान भएको प्रहरीले जनाएको छ।

शेर्पासमेत घाइते भएका छन् । उनको उपचार इलामकै स्वास्थ्य संस्थामा भइरहेको छ।

विवादको मुख्य कारण भने अझै खुलिनसकेको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।