रतुवाको पुल उद्घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा आइतबार प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गरे । उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमूना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे ।

रतुवा खोलामा निर्माण सुरु भएको करिब डेढ दशकपछि पुल निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्री ओलीले आइतबार नै झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका थिए ।

आइतबार, २९ असार, २०८२, साँझको ०५:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर