विराटनगर । मनसुनको समयमा समेत वर्षा नहुँदा खेती गर्न नपाएको भन्दै महिलाहरुले इन्द्र भगवानलाई रिझाउन सामुहिक ‘जट–जटिन प्रस्तुत गरेकी छन् ।
कञ्चनरुप नगरपालिका वडा नं.१ स्थित बैरवामा वर्षा नभएको भन्दै स्थानीय महिलाहरूले इन्द्र भगवानलाई रिझाउँदै ‘जट–जटिन’ गीत संगीतसहित परम्परागत सांस्कृतिकमा लोकनित्य प्रस्तुत गरेकी हुन् ।असार, साउन र भदौ महिनामा खेती गर्ने कृषक जब पानीको अभावमा त्राहीमाम् गरिरहेका हुन्छन्, आकाशमा हाम्रा पूर्खाहरुको गुहारमा बल प्रदान गर्न एउटा लोकविधि अपनाएर इन्द्रलाई प्रेम वा दबाबले प्रभावित पार्ने लोकनाट्य जट–जटिनको प्रदर्शनद्वारा एक प्रकारको अनुष्ठान गर्ने प्रचलन छ ।
त्यही अनुष्ठानले गाउँकी सामान्य वर्गकी महिलालाई जट–जटिन गीति नाट्यको प्रारम्भ गर्नुुभन्दा अगाडि भ्यागुतो कुटेर एउटा घैंटोमा गोबर, मलमूत्र सँगै हालेर कुनै झगडालु महिलाको आँगनमा फ्याँक्ने विधि सम्पन्न गर्दछिन् । त्यसपछि ती महिलाले जति ठूलो आवाजमा गाली गर्छिन्, इन्द्रदेव त्यति नै प्रसन्न भएर वर्षाको आदेश दिनुहुन्छ भन्ने जनविश्वास छ ।
उता गालीको स्वर कमजोर हुँदै जाँदा यता तम्तयार भै बसेकी महिला मण्डली दुई ग्रुप बनाइ जट–जटिनको रुपमा दुई युवती नेतृत्व गर्दै अगाडि–पछाडि झुम्मिँदै नृत्यात्मक मुद्रामा गीत गाएर आंगिक र वाचिक दुवै हिसाबले एउटा मनोरञ्जनपूर्ण प्रस्तुति गर्दछिन् । यसमा पुरुष पूर्णतः बर्जित हुन्छन् तर बच्चाहरुलाई प्रदर्शन हेर्न छुट हुन्छ ।
घैंटोमा कुटिएको भ्यागुतासहित कसैको आँगनमा फ्याँक्ने गर्दछन् । यति गर्दा पनि यसको पूर्णता भने नभएकै महसुस हुन्छ ।
“जट–जटिन” लोक नृत्य को दुई पाटा रहेको बताइन्छ । पहिलो पानीका लागि इन्द्रलाई स्तुति गरी मनाइने प्रवृत्ति र अर्को लोकजीवनको यथार्थ चित्रण गर्दै जट–जटिनको विवाह, ससुराली प्रसंग, पति–पत्नीबीचको अन्तर संवाद, मिलन, वियोग, एक–अर्काका लागि छटपटिनु र अन्ततः आफ्नो वैयक्तिक इच्छालाई फालेर एक अर्काप्रति समप्र्रित भै गृहस्थीमा सहभागी हुनु । यिनै प्रसंगहरु हुन् यस गीति नाटिकामा । लामो समयदेखि पानी नपरेको चिन्तामा रहेका स्थानीय महिलाहरूले वर्षाका लागि इन्द्र भगवानलाई प्रसन्न पार्न सदियौँ पुरानो परम्पराअनुसार भव्य पूजाको आयोजना गरेको हो ।
सो कञ्चनरुप नगरपालिका वडा नं.१ बैरवाका स्थानीय महिलाहरूको अगुवाइमा एक आपसमा मिलेर गरिएको उक्त पूजा, गीत–संगीत र लोकसंस्कृतिसहितको कार्यक्रमले गाउँलाई भक्तिमय र सांस्कृतिक रंगमा रंगाएको थियो । वर्षा र सहकालको कामनासहित गरिएको पूजामा ‘जता जतिन विष्यहर महाराज’ भन्ने परम्परागत गीत प्रस्तुत गरियो, जसले मधेस क्षेत्रको गहिरो सांस्कृतिक इतिहासलाई पुनः स्मरण गराएको हो ।
बैरवामा वर्षाको लागि भव्य इन्द्र पूजा, सांस्कृतिक कार्यक्रमद्वारा वातावरण भक्तिमय” कार्यक्रममा स्थानीय महिलादेखि बालबालिकासम्मको सक्रिय सहभागिता देखिएको थियो। उपस्थितहरूले इन्द्र भगवानलाई दूध, दही, अक्षता, दीप र फूल चढाउँदै वर्षाका लागि सामूहिक प्रार्थना गरेका थिए । पूजाको क्रममा परम्परागत बाजा, नृत्य र सांस्कृतिक अभिनयसमेत प्रस्तुत गरिएको थियो स्थानीय किशोर पासवानले बताए ।
पछिल्ला केही हप्तादेखि वर्षा नहुनुका कारण खेतहरू सुख्खा रहँदा किसानहरू अत्यधिक चिन्तित बनेका छन् ।
“हामीले वर्षा नपरेपछि सामूहिक रूपमा पूजा गर्ने चलन धेरै पुरानो हो पूजा संयोजक मनोहरा देबीले भनिन्, ‘इन्द्र भगवान प्रसन्न भई वर्षा हुन्छ भन्ने विश्वास छ,।’

