उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुल मुनि नुहाउँदा एक युवा डुबेर बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्सपेक्टर बबिन राईका अनुसार भाँचिएको पुलमुनि नुहाउने क्रममा चौदण्डीगढी नगरपालिका–६ कालीखोलाका ३० बर्षिया छोरा सुरज राई हिजो सोमबार साँझ बेपत्ता भएका हुन् ।
उनका अनुसार बेपत्ता भएका राईसँगै स्थानीय सुरेश माझी र प्रताव राई पनि सोही स्थानमा नुहाउन गएका गिएका थिए । तर, उनि मात्र बेपत्ता भएको खवर आएपछि स्थानीय प्रहरी र स्थानीय सर्वसाधरणले खोजी गरेका थिए ।
इन्सपेक्टर राईले भने, ‘भाँचिएको पुलको स्ल्याब मुनि भुमरी परेर ठुलो खाल्डो जस्तो देखिन्छ । त्यही डुबेर बेपत्ता भएको हुन सक्छन । हामीले खोजी गर्दा भेटेका छैनौँ । अहिले शस्त्र प्रहरीको गोताखोर टोली बोलाएका छौँ ।’