तीन दिनमा ६४ अंकले बढ्यो नेप्से

विरागनगर । गत आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्से परिसुचक मंगलबार पनि बढेर बन्द भएको छ । आइतबार २६.५३ अंक, सोमबार ९.१९ अंक र मंगलबार २८.९१ अंक गरी यो तीन दिनमा नेप्से ६४.६३ अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक २८.९१ अंक बढेर २६६०.३९ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७० हजार २१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ८ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएको युनिलिभर नेपालको शेयरमूल्य यसदिन २.१३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ४५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको करिब २६ करोडको शेयर खरिदबिक्री भएको छ ।
बजारका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ । यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।

मङ्गलबार, १७ असार, २०८२, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर