पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम,अब प्रतिलिटर विराटनगरमा कति पर्छ ?

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य भने ल लागू भइसकेको छ । नयाँ मूल्यसूचीअनुसार, अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । यस्तै विराटनगरमा भने नया मुल्य कायम भएपछि १६२.५० रुपैया पर्ने छ । यसअघि भने १५७.५० रुपैया थियो ।

भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

मङ्गलबार, १७ असार, २०८२, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर