विराटनगर । काठमाडौं उपत्यकामा स्वादिलो बिरयानीका लागि चर्चित‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा बिहीबारदेखि आफ्नो छैटौँ शाखाको सेवा सुरु गरेको छ। राजधानीबाहिर पहिलो पटक विस्तार गर्दै गरिएको उद्घाटन कार्यक्रममा युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले नयाँ शाखा उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै राउतले बिराटनगर तथा छिमेकी भारतीय बजारका ग्राहकहरूलाई काठमाडौंको स्वाद लिन पाउने अवसर मिलेको बताए। ‘बिरयानी अड्डा उपत्यकामा जस्तै यहाँ पनि सफल हुनेमा विश्वस्त छु,’उनले भने ।
‘बिरयानी अड्डा’का निर्देशक सविन पाण्डेका अनुसार, यो आउटलेट काठमाडौं उपत्यका बाहिरको पहिलो शाखा हो। ’२०७६ सालदेखि काठमाडौंमा सेवा सुरू गरेका थियौं, अहिले छैटौँ वर्षमा छैटौँ आउटलेट विराटनगरमा ल्याएका छौं, उनले भने। काठमाडौं, ललितपुर र भक्तपुरमा पाँच वटा शाखा सञ्चालनमा छन् ।
विराटनगर शाखा ल्याउने पहल स्थानीय मोनिका निशाले गरेकी हुन्। उद्घाटनको अवसरमा विशेष छुट र अफरहरू उपलब्ध गराइएको पाण्डेले जानकारी दिए ।
‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानीसँगै पिजा, तन्दुरीजस्ता परिकार पाइनेछ भने लाइभ म्युजिकबाट ग्राहकहरूले संगीतको पनि मजा लिन सक्नेछन्।