कोशी पर्यटन वर्षलाई आगामी वर्ष पनि १० करोड बजेट

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्षका निम्ति फेरि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यसबारे जानकारी गराएका हुन् ।

पर्यटन, वन तथा वातावरण क्षेत्रका निम्ति जम्मा २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिए । कोशी सरकारले २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउन गत चैतमा कोशी पर्यटन वर्ष उद्घाटन गरेको थियो ।

पर्यटन वर्षको लागि चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरिएको थियो । तर, कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छैन । अर्कोतिर भएका कार्यक्रमको पारदर्शिता र प्रभावकारिताबारे प्रश्न उठिरहेको छ ।

आइतबार, ०१ असार, २०८२, दिउँसोको ०४:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर