लोड हुँदैछ...

मेनु

भारत–पाकिस्तान युद्ध रोक्न दुवै देश सहमत

भारत–पाकिस्तान युद्ध रोक्न दुवै देश सहमत

एजेन्सी । भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्।

शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ‘युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भिडिओ सन्देशमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश ुयुद्धविरामुका लागि सहमत भएको भन्दै बधाइ दिएका छन्। शनिबार बिहान अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग टेलिफोन संवाद गरेका थिए। भारत–पाकिस्तानबीच बुधबारदेखि सुरू भएको आक्रमण(प्रत्याक्रमण लामो द्वन्द्व हुँदै युद्धमा जाने खतरा बढेको थियो।

शुक्रबार रातिदेखि दुई देशले एक–अर्काका सैन्य अड्डा र हवाई क्षेत्रमा लक्ष्य गरेर आक्रमण गर्न थालेका थिए। आणविक हतियार प्राप्त दुई देश युद्धमा जाने खतरा बढेपछि अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।