विराटनगर । पूर्वी नेपाल, विशेष गरी इलाम र झापामा सक्रिय रहँदै आएका रंगकर्मी चेतन आङ्थुपो र सुमन लिङ्देनद्वारा लेखन तथा निर्देशन गरिएको नाटक ‘उर्फ दारासिङ’ आजदेखि काठमाडौंको मण्डला थिएटरमा मञ्चन हुने भएको छ।
उर्फ दारासिङु मा प्रस्तुत मुख्य पात्र दारासिङ केरुङलाई समाजले मिथकजस्तै बनेको ‘फौदारीवाल’का रूपमा देखिएको छ। उनी लडाकु भए पनि हिंस्रक मनसाय नभएका, केवल व्यक्तिगत बल, साहस र सामाजिक प्रतिष्ठा प्रमाणित गर्ने उद्देश्यका साथ भिडन्तमा उत्रिने पात्रका रूपमा देखाइएका छन्।
नाटकमार्फत ‘फौदारी’ शब्दको उत्पत्तिबारे पनि प्रश्न उठाइएको छ—जुन सम्भवतः राज्यको हस्तक्षेप र नियमनसँगै मेलाहाटमा लडन्त गर्नेहरूलाई दिएको चिनारी हो।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!