काठमाडौंमा गणतन्त्रवादीको विशाल र्‍याली

काठमाडौंमा ।काठमाडौंमा समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । गणतन्त्र विरोधीविरुद्ध समाजवादी मोर्चाले प्रदर्शन गरेको हो ।

विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन भृकुटीमण्डपस्थित राष्ट्रिय सभा अगाडि पुगेको छ ।

माओवादी केन्द्रले कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर, सोर्‍हखुट्टेबाट जुलुस निकालेको थियो । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले डिल्लीबजार र मैतीदेवीबाट जुलुस निकालेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट महिन्द्रराय यादवको नेसपाले न्युरोड गेटबाट जुलुस निकालेको थियो ।

सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।

आजै गणतन्त्रविरोध पक्षधरले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार, १४ चैत, २०८१, दिउँसोको ०२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर