विराटनगर । मोरङको उमागौरी सहकारी ठगी सम्बन्धी प्रकरणमा बैंकले लेना रकम भुक्तानीका लागि जमानतदाताको नाममा ९० दिने सूचना प्रकाशित गरेको छ । नौ जना जमानीकर्ताको नाममा सूचना प्रकाशित भएको हो ।
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अंजिला कोइरालासमेत जोडिएको सहकारीले धितो राखेको सम्पत्ति लिलाम बिक्री/सकार गर्दा समेत पर्याप्त नभएको जनाउँदै एक्सल डेभलपमेन्ट बैंकले सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको हो । बैंकले सहकारी अध्यक्ष शम्भु प्रसाद रौनियार, संचालक अंजला कोइराला, आमोद मण्डल र आलम अंसारी, शम्भू प्रसाद सिंह, दिलमाया राई, रोशन राजवंशी, लक्ष्मण साह रौनियार र जीतमान ठाकुरको तीनपुस्ते नामावलीसहित सूचना प्रकाशित गरेको ।
‘बैंकबाट तपसिल बमोजिमका कर्जा सविधा लिने ग्रहकहरुले म्यादभित्र कर्जा चुक्ता नगरी लिखित तथा मौखिक तर ताकेता गर्दा समेत कर्जा चुक्ता नभएकाले यस बैक्रले वेभिन्न मितिमा सूचना प्रकाशित गरि ऋणी/धितो जमानतकताहरले यस बैंकको नाममा लेखीलेखाई दिएको धितो सम्पत्ति लिलाम बिक्री/ धितो सकार गर्दा समेत सम्पर्ण रुपमा कर्जा असूल नभएकोले यो सूचना प्रकाशित भएको ९० दिनभित्र सो कर्जाका लागि व्यक्तिगत जमानत दिने देहाय बमोजिम जमानतकर्ताहरूले यस बैकको सस्बन्धित शाखा कार्यालयमा वा केन्द्रीय कार्यालयमा सम्पर्क गरी असूल हुन बांकी रहेको रकम चुक्ता भुक्तान गर्नु हुन जानकारी गराउँदछौं’ बैंकको सूचनामा छ अन्यथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी व्यक्तिगत जमानीक्ताहरु लगायत ऋ्ण / कर्जासंग सम्बद्वपक्षलाई कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा नाम समावेश गर्न लेखी पठाई बैंकको लेना रकम असुल उपर गर्नेतर्फ आवश्यक कारबाही अधि बढ़ाई ऋण असूली न्यायाधिकरणमा मुद्दा दायर गर्न सकिने बैंकले जनाएको छ व्यहोरासमेत यसै सूचना मार्फत जानकारी गराउदछौं ।’
सहकारी ठगी प्रकरणमा उच्च अदालत विराटनगरले पुस २४ गते ऋषिकेश पत्नी कोइरालालाई १० लाख धरौटीमा छाडेको थियो । सहकारीको बचत र प्रवाह भएको ऋणमा गरी करिब साढे २२ करोड रुपैयाँ अपचलन भएको भन्दै गत मंसिर २७ गते जिल्ला अदालतमा २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।