विराट गोल्ड कप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औँ संस्करणको रमपम विराट गोल्ड कपको क्वाटर फाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रङ्गशालामा बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा पूर्व विजेता टिम सशस्त्र प्रहरी बल ९एपीएफ० लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो ।

जितको लागि पुलिसको तर्फबाट अरुण गाहा र मनिष सेढाईले समान १–१ गोल गरे । बायाँ बार च्यापेर पुलिसका उज्ज्वल राईले ६६ औँ मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए ।

पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिष सेढाईले व्यक्तिगत ८७ औ मिनेटमा गोल गरी टिमको जित सुनिश्चित गरे ।

निक्कै रोमाञ्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रामक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबरी खेले ।

दोस्रो हाफपछि पुलिसले आक्रामक खेल पस्कियो । एपीएफको डिफेन्डर र रक्षा पङ्क्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नेपाल पुलिसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

एपीएफका बुद्धिमान राईले खेलको १५ औँ मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । दिनेश धिमालले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो । खेलको २० औँ औ मिनेटमा एपीएफका कप्तान हरि कार्कीको डिबक्स नजिक देखिको प्रहार बाहिरिँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औँ मिनेटमा एपीएफका एलिक श्रेष्ठले ३० यार्डदेखि गरेको प्रहार पुलिसका गोलरक्षक अमित तामाङ पंन्ज गरी उत्कृष्ट बचाउ गरिदिए ।

दोस्रो हाफपछि एपीएफले २–० गोलले पछि परेपछि आक्रामक देखियो । तर, एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउँदा विराट गोल्ड कपको उपाधि जित्ने सपना चकनाचुर भयो । खेलको अन्त्यतिर बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको एपीएफका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलेको ७० औँ मिनेटमा एन्जलस श्रेष्ठले गरेको प्रहार बाहिरिँदा सान्त्वना गोल फर्काउनबाट चुक्यो । ७५ औँ मिनेटमा विश्वास उदासले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरियो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो ।

प्रतिगोयताको प्लेयर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटर फाइनलमा पुगेको थियो । एपीएफ विराट गोल्ड कपको साबिक विजेता टिम पनि हो । छैटौँ संस्करणको विराट गोल्ड कपको उपाधि एपीएफले जितेको थियो । त्यस बेला फाइनलमा पाहुना टोली भारतको पन्जाब पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिस तेस्रो संस्करणका विजेता टिम हो । त्यस बेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।

शुक्रवार तेस्रो क्वाटर फाइनल खेल थ्री स्टार र मच्छिन्द्र फुटबल क्लब बिच हुनेछ ।

बिहिबार, २२ फागुन, २०८१, रातीको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर