विराटनगर । ९ औँ संस्करणको रमपम विराट गोल्ड कपको पहिलो क्वाटर फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मीले सुरुवाती अग्रता लिएको छ । विराटनगरको सहिद रङ्गशालामा आज भएको पहिलो क्वाटर फाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले अग्रता लिएको हो ।
पहिलो हाफको ३७ औ मिनेटमा आर्मीका नीरज चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाएका छन् । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई नीरजले आकर्षक गोल गरे ।
पहिलो क्वाटर फाइनल खेलको विजेता टिमले पहिलो सेमिफाइनल फागुन २५ गते खेल्नेछ । आज जित्ने टिमले फागुन २३ गते हुने हुने मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबिचको विजेता टिमसँग खेल्नेछ ।
भोली सशस्त्र प्रहरी बल ९एपीएफ० र नेपाल पुलिस क्लबबिच दोस्रो क्वाटर फाइनल खेल हुनेछ ।