विराटनगर । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) विरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ मुद्दामा उच्च अदालत विराटनगरमा लिखित जवाफ पेश गरेका छन् । उच्च अदालत विराटनगरमा आइतबार पुगेर बस्नेतले अदालतको अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ बुझाएका हुन् ।
‘विपक्षीले उल्टै सम्मानित अदालतबाट भएको आदेश पालना नगरी पदिय जिम्मेवारी कार्य नगरी मोरङ जिल्ला खेलकुद क्षेत्रलाई कलुषित तुल्याई हानी नोक्सानी पार्नेनियत राखी पदिय जिम्मेवारीको कामकाज नगरी विपक्षी निवेदक आफैले सम्मानित अदालतको अवेहलान गरी हिडन भएको अवस्थामा विक्षीको निवेद खारेज गर्न अनुरोध गर्दछु,’ पर्शुरामले अदालतमा बुझाएको जवाफ पर्चामा उल्लेखछ ।

उच्च अदालतरको आदेश उल्लंघन गर्दै कोशाी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा सदस्य सचिव बस्नेत र प्रदेश खेलकुद विकास बोर्डलाई बिपक्षी बनाएर इन्द्र कुमार योञ्जन तामाङले अदालतको अवहेलना मुद्दा २१ माघमा दायर गरेका थिए ।
चार वर्षको लागि २०८० चैत २३ गते नियुक्त भएका इन्द्रकुमार योञ्जन तामाङ्गलाई हटाएर प्रदेश सरकारले नेकपा एमालेका कार्यकर्ता सुरजबहादुर श्रेष्ठलाई नियुक्ति गरेपछि अदालतको अवहेलनामा मुद्दा दर्ता भएको हो ।
कोशी खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री तथा पाँचकर्ण राईको अध्यक्षतामा १७ माघमा बसेको बैठकले श्रेष्ठलाई नियुक्त गरेको छ । २०८१ भदौ ४ गते खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले योञ्जनलाई निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध योञ्जनले उच्च अदालतमा रिट दायर गरेकोमा अदालतले बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै भदौ १२ गते अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालतले अन्तरिम आदेश दिएपनि बस्नेतले काम गर्न नदिएको र अहिले अदालतको आदेश अवहेलना गर्दै नयाँ नियुक्त गरेको योञ्जनले बताए । बस्नेतकै प्रस्तावमा खेलकुदमा नरहेका नेकपा एमालेका जिल्ला सदस्य श्रेष्ठलाई अहिले नियुक्त गरिएको छ । खेलकुदमा नियुक्त भएका श्रेष्ठ सदस्य सचिव बस्नेतका विश्वास पात्र हुन् । त्यसैले श्रेष्ठलाई यसअघि नै नियुक्त गर्न बस्नेत लागि परेका थिए ।
प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङले खेलकुद विकास समिति मोरङको अध्यक्षमा नियुक्ति पाएका थिए । सदस्य सचिवमा एमाले नेता बस्नेत पुनर्वहाली भएपछि योञ्जनलाई निलम्बन गरेका थिए । निलम्बनविरुद्धको रिटमा उच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
भदौ २० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गरेर काम कारवाही गर्न दिनु भन्ने १२ गतेको आदेशलाई निरन्तरता दिएको थियो ।
अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको सो रिटमा पुस १ गते र माघ १४ गते तोकिएको पेशी खेलकुद बोर्डकै पक्षबाट सारिएको थियो भने अर्को पेशी फागुन २६ गतेलाई तोकिएको छ । रिट विचराधिन भएको अवस्थामा पेशी आफैं सारेर अहिले बोर्डले नै नयाँ नियुक्ति गरेपछि सो विषय फेरि अदालतमा प्रवेश गरेको हो ।
कुनै कारणविना र राजनीतिक प्रतिशोधका आधारमा बस्नेतले आफूलाई निलम्वन गरेर पार्टीका कार्यकर्ता भर्ति गराउन खोजेको योञ्जनले आरोप लगाएका छन् । लामो समयदेखि कराँतेमा सक्रिय रहेका तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन हुन् ।
मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिको विषयलाई लिएर कोशी प्रदेशसभा बैठकमा पनि सांसदले प्रश्न उठाएका छन् ।