कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पुरा 

इटहरी : कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो । 

 भोलि बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको जानकारी दिइएको हो ।

 कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ । 

जसअनुसार कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअप विधामा अवार्ड प्रदान गरिने अध्यक्ष अधिकारीले जनाए । 

 अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको र उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनको भनाइ छ ।

 ‘पर्यटन प्रवद्र्नसँगै यस क्षेत्रका सक्रिय भइरहेकाहरूलाई पनि यो कार्यक्रमले प्रोत्साहन मिल्नेछ,’ उनले भने, ‘कोशीका एक्सिलेन्स व्यक्तिको सम्मानार्थका लागिसमेत यो कार्यक्रम आयोजना गरिएको हो ।’ 

 अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पु¥याएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी गरिएको उनले जनाए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा रहने जनाइएको छ ।

 कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौलासहित उच्च सरकारी ओहोदाका व्यक्तिहरूसमेत सहभागी हुने बताइएको छ । 

 उक्त कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानल, इटहरीमै रहेको विराट टेलिभिजन, सप्तकोसी टेलिभिजन, एरिना टेलिभिजन र प्रदेश खबरको आधिकारिक वेबसाइट र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि हुनेछ ।

मङ्गलबार, ०६ फागुन, २०८१, दिउँसोको १२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर