निरन्तर ओरालो यात्रामा नेप्से


विराटनगर
। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०।४० प्रतिशतले घटेर २६७७।३२ विन्दुमा बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक १०.९८ अङ्कले घटेर २६७७.३२ को विन्दुमा कायम भएसाताको दोस्रो कारोबारका दिन १ करोड ४४ लाख ४३ हजार ८६५ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन आइतबार मात्रै ११.९४ अङ्कले घटेर २६८८.३१ को विन्दुमा बन्द भएको थियो ।

आज न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै बोटल्स नेपाल बालाजु र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

सोमबार, २८ माघ, २०८१, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर