सचिव र मन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन –‘जागिर खान र झण्डा हल्लाउने मात्रै काम नहोस’

सचिव र मन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन –‘जागिर खान र झण्डा हल्लाउने मात्रै काम नहोस’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सचिव र मन्त्रीलाई जागिर खान र झण्डा हल्लाउने मात्रै नभई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनुभुति गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । ‘ तपाईहरु अधिकाँश मन्त्रालयका सचिव कोशी प्रदेश कै हुनुहुन्छ, प्रदेशको विकास गर्न लाग्नु भयो भने तपाईहरुकै इज्जत हुन्छ । त्यसलै जागिर खानमात्रै नलाग्नुहोस् काम गर्नुहोस ।’ सचिवहरुलाई निर्देशन दिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई भने ‘त्यस्तै मन्त्रीहरुलाई झण्डा हल्लाएर मन्त्री हुनका लागि मात्रै नभइ हामीले काम गरेर देखाउनु पर्छ भन्दै मन्त्री र सचिवहरुले प्रभावकारी काम गर्नुहोस ।’ प्रदेश संरचना प्रति प्रश्न उठिरहेको बेला राम्ररी काम गर्नुपर्ने दायित्व मन्त्री र सचिवहरुमा रहेको उनले बताए । अहिलेको सरकारले राजनीतिक स्थायित्व प्राप्त गर्ने भएकाले दायाँबायाँ नगरिकन काम गर्नुपर्ने उनको भनाइ रहेको छ । उनले भने –‘अहिलेको सरकारले राजनीतिक स्थायित्व प्राप्त गरेको छ तपाईँहरू दुविधा नभइकन काम गर्नुस् ।’

उनले सबै मन्त्रालयहरूले कार्यक्षमता बढाएर बजेट कार्यान्वयन गर्नुपर्ने र राजस्व वृद्धि गर्न ध्यान दिनुपर्ने बताएका छन् ।
प्रदेश सरकारले बिस्तारै योजना छनोटमा आयोजना बैंकलाई कार्यान्वयनमा ल्याउने गरी काम गरेको उल्लेख गर्दै उनले बजेटलाई व्यवस्थित गर्नका लागि आगामी दिनमा प्रदेशको योजना आयोग मार्फत सिलिङ तोक्ने तयारीमा लाग्नका लागि निर्देशन दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्