पत्रकार नेपाल पुरस्कृत

विराटनगर । कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार हरिहर नेपाल पुरस्कृत भएका छन् ।

प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेपाललाई पुरस्कृत गरिएको हा ।
विराटनगरका पत्रकार नेपाललाई १५ हजार राशिको पुरस्कार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हस्तान्तरण गरे ।

हरेक वर्ष प्रेस चौतारीको स्थापना दिवसको अवसरमा क्रियाशील युवा पत्रकारलाई प्रदान गर्ने गरिएको छ । सोही अवसरमा पिएचडी गर्ने डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष बाबुराम कार्की, प्रेस चौतारी सचिव विक्रम लुइँटेल, पत्रकार सम्बद्ध पत्रकार संघसंघठनका नेताहरूले स्थापना दिवसको शुभकामना दिएका थिए ।

मङ्गलबार, २२ माघ, २०८१, साँझको ०६:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर