लोड हुँदैछ...

मेनु

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफनै पैसाले बिद्यालय भवन बनाइदिने

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफनै पैसाले बिद्यालय भवन बनाइदिने

विराटनगर । मोरङको बेलबारी २ मा रहेको सिंहदेवी अधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र जितहाङ राईले आफ्ना बुबाको सम्झनामा विद्यालय भवन बनाइदिने भएका छन् ।

सरस्वती पूजाको अवसर पारेर उक्त विद्यालय भवनको शिलान्यास समेत गरिएको थियो । सोही वडाका वडा अध्यक्ष कृष्ण बहादुर गुरुङले नवनिर्मित भवनको शिलान्यास गरेका हुन् । बुबा भीम प्रसाद राई को स्मृतिमा दुई कोठे पक्की भवन निजी खर्चमा बनाइदिने उनले बताए ।

२०४८ सालमा स्थापना भएको उक्त विद्यालय ७जना शिक्षक शिक्षिका रहेका छन् भने ९० जना विद्यार्थी रहेका छन् । ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि विभिन्न दाताहरू खोजेर विद्यालय भवनको रङ रोकन लगाएको छु,’ उनले भने ‘मेरै निजी खर्चमा गर्मी तथा जाडोमा विद्यार्थीको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ जस्तापाताले छाएका भवनमा सिलिङ लगाइदिएको छु ।’

उनले एक जना अग्रेजि शिक्षक पनि आफैले तलब दिएर राखेका छन् । उक्त विद्यालयको नव निर्मित भवनको लागत भने १५ लाख भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds