विराटनगर । सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से साढे ११ अर्ब बढीको कारोबारसहित २.४१ अंकले बढेर २७३० विन्दुमा पुगेको हो ।
नेप्से बढ्दा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।
९७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ११ हजार ९१८ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.१० प्रतिशतले बढेको छ ।