अखिल क्रान्तिकारीको निर्वाचन आज

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ।

नयाँ नेतृत्वका लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।

शनिबार, १२ माघ, २०८१, बिहानको १०:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर