विराटनगर । विराट राजवंशी समुदायले आफ्नो गुमेको पहिचान, प्रतिष्ठा र परम्परागत सांस्कृतिक मुल्य मान्यता प्राप्तिका लागि १८औं बृहत भेला विराटनगर–४ कन्चनवारीमा गर्ने भएको छ ।
राजवंशी समाज उत्थान केन्द्रिय समिति (विराट)ले विराटनगरको नेरुडे लघु वित्त संस्थाको सभाहलमा छलफल गरि वृहत भेला सितलु दास गुठीको प्राङ्गणमा गर्ने निर्णय गरेको हो । राजवंशी समाज उत्थान समिति (विराट) ले प्रत्येक वर्ष फागुन ६ गते वृहत भेला गर्दै आएको छ । विराट राजवंशी समुदायले १८औं वृहत भेलालाई सभ्य र भव्य बनाउनको लागि समिति र विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
विराट राजवंशी १८औं वृहत भेला राजवंशी समाज उत्थान समिति केन्द्रिय सचिव वानेश्वर (वसन्त) राजवंशीको संयोजकत्वमा मुल समिति गठन गरेको छ। समाज उत्थान समिति मोरङ जिल्ला सचिव राजेशकुमार राजवंशी सह–संयोजक विराट राजवंशी युवा अध्यक्ष विक्रम राजवंशी सचिवलगायत समिति चयन गरेको छ । त्यसैगरी उपसमितिहरुमा ईन्द्रलाल राजवंशी संयोजक आर्थिक, प्रचार–प्रसार समितिको संयोजक रामसिंह राजवंशी, मञ्च व्यवस्थापन समितिको संयोजक पन्न्नालाल राजवंशी, मोटरसाइकल र्याली संयोजक सुन्दरलाल राजवंशीलगायतलाई जिम्मेवारी दिइएको छ ।
केन्द्रिय समितिको भेलाले १८औं बृहत भेलालाई वृहत प्रचार–प्रसार राजवंशी समाज उत्थान केन्द्रिय समिति (विराट)का केन्द्रिय उपाध्यक्ष प्रदीप विश्वास राजवंशीले १८औं बृहत भेला सफल पार्न विराट राजवंशी समुदायलाई सहभागी हुन आह्वान गरेको राजवंशी समाज उत्थान समिति (विराट)का केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले जानकारी दिए ।