विराट एक्स्पो २०२५ : विद्यार्थीहरुकालागि करिअर काउन्सेलिङ पेभिलियन

विराटनगर । उद्योग संगठनले आयोजना गर्नै आगामी एक्स्पोमा विद्यार्थीहरुका लागि करिअर काउन्सेलिङ पेभिलियन सञ्चालन गर्ने भएको छ । उक्त पेभिलियनमार्फत एक्स्पो अवधिभरमा करिव २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य संगठनले लिएको छ ।

माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठांै सस्करणको विराट एक्स्पोले औधोगिक र व्यवसायिक प्रवद्र्धनसँगै औधोगिक र व्यवसायिक दक्ष जनशक्तिको उत्पादनदेखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षिक जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारीका अवसर सिर्जनाको प्रयत्न गर्ने भएको हो ।

त्यती मात्र नभएर शिक्षित जनशक्तिाकालागि एक्स्पोले उद्यमशीलताको इकोशिष्टम प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायिक विकासका सबै सेवाहरु, बिटुबि, बजार, प्रविधि, गुणस्तर, मानव श्रोत र सिपका साथै साना घरेलु कृषि उद्योग लगायत सबै प्रकारका बिषयहरु समेटिएको संगठनले जनाएको छ । एक्स्पोमा विद्यार्थीहरुका लागि गाईडेड टुरको व्यवस्थापन समेत गरिएको जानकारी दिइएको छ ।

एक्स्पोले विशेष गरेर विद्यार्थीहरुकालागि बिटुबि पेभिलियन र यस अन्तरगतका विभिन्न कार्यक्रमहरु, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा रहेको करिअर काउन्सेलिङ, श्रमको माग र आपूर्तिकको श्रृङ्खला बुझाउने कक्ष, जब ब्रिज, लाइभ तालिम अवलोकनका बारेमा छुट्टा छुट्टै छलफल तथा जानकारी गराउने छ ।
त्यसैगरि, डिजिटल पेभिलियनमा भएका नविनतम प्रविधिहरु, उद्योग कृषि पर्यटन सेवा लगायतका उत्पादन वस्तु तथा सेवाहरुका बारेमा जानकारी तथा अवलोकनको अवसर प्रदान गर्ने बताइएको छ ।

हरेक पेभिलियनमा रहेका कर्मचारीहरुले आवश्यक जानकारी गराउने छन भने हरेक दिन बिशेष आकर्षकका रुपमा सम्बन्धीत क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरि साक्षात्कार गर्ने तथा प्रवचन समेत गराइने छ ।प्लस टु र त्यो भन्दामाथिका कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरिएको यस कार्यक्रम अन्तरगत प्रत्येक दिन ५ वटा कलेजका प्रति कलेज ५० जना विद्यार्थीहरुको समूहलाई सम्बन्धित कलेजले सहभागी गराउन पत्राचार गरेको छ ।

हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म दैनिकरुपमा सञ्चालन हुने यस कार्यक्रममा एक्स्पोले प्रवेश निःशुल्क गर्ने छ भने एक्स्पो अवधीभर २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गरेर स्वदेशमै रोजगारी गर्न आकर्षित गर्ने आयोजक उद्योग संगठनले जनाएको छ ।

शुक्रबार, ०४ माघ, २०८१, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर