विराटनगर । कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिएका छन् ।
प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको लामो समयपछि हिउँदे अधिवेशन आहृवान हुने भएको हो । सभामा सरकारले केही पुराना ऐन संशोधन गर्ने र नयाँ विधेयक समेत लैजाने तयारी गरेको छ ।
प्रदेशका नागरिकको मुद्दा उठाउने थलो लामो समयदेखि स्थगित भएको भन्दै माओवादीले माग गरेको थियो ।